साताको शेयर बजार: ५० अर्ब ७७ करोडको कारोबार हुँदा रोजाइमा ‘पुनर्बीमा’

प्रकाशित:7:20 am, शनिवार, जेठ १५, २०७८

काठमाडौं । धितोपत्र बजारमा यस साता ५० अर्ब बढीको कारोबार भएको छ ।

यो साता दुई सय २० वटा कम्पनीहरुको ५ लाख २२ हजार दुई सय ६४ पटकको कारोवारमा ११ करोड ७५ लाख ८३ हजार पाँच सय ३१ कित्ता शेयर-खरिद बिक्री भएको छ ।

कुल कारोबार रकम ५० अर्ब ७७ करोड २५ लाख ९४ हजार पाँच सय १६ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा दुई अर्ब रुपैयाँले कम हो ।

कुल २८ अर्ब ६१ करोड ६४ लाख ११ हजार सात सय १३ रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम गत साताको भन्दा कम हो ।

नेप्सेमा गत साता भने २ सय १८ वटा कम्पनीहरुको पाँच लाख ६९ हजार दुई सय ४७ पटकको कारोबारमा १० करोड ८६ लाख ९७ हजार छ सय ६० कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोवार रकम ५२ अर्ब ५६ करोड ४७ लाख तीन रुपैयाँ पुगेको थियो ।

यो साता बढी रकम कारोबार गर्नेमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी आदि परेका छन् । यसैगरी शेयर कारोवार भएको संख्याको आधारमा भने यो साता नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी आदि अगाडि परेका छन् ।

बजार पूँजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, पुनर्बीमा लगायतका कम्पनीहरु परेका छन् । यो साता शिखर इन्स्योरेन्स, एनसीसी बैंक डिबेञ्चर २०८६ र सनराईज ब्लु चीप नियमित कारोवारको लागि नेप्सेमा सूचीकृत भएका छन् ।

यो साता नेप्से २८ सय १५ दसमलव ३९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय तीन दसमलव ७० अंकमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here