बजेट अध्यादेशमा राष्ट्रपतिको लालमोहर, सवा १६ खर्बको बजेट आउँदैे

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शुक्रबार दिउँसो ४ बजे सार्वजनिक गरिने भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रमको नेपाल टेलिभिजनसहित विभिन्न संचारमाध्यमले प्रत्यक्ष प्रशारण गर्नेछन्।

बजेट अध्यादेशमा राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाइसकेकी छन्। दिउँसो ११ बजे बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेपछि राष्ट्रपतिले लालमोहर लगाएकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here