सबै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने, महिला स्वयंसेविकाको भत्ता बढ्यो

फाइलफोटो

काठमाडौं, १५ जेठ । सरकारले आगामी २ वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने जनाएको छ।

शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/ ०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले अबको २ वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने बताए। त्यस्तै सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रशित वृद्धि गरी १२ हजार रुपैयाँ पुर्‍याएको जानकारी दिए । यसअघि वर्षमा ६ हजार भत्ता पाउँदै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here