जेष्ठ नागरिकको भत्ता बढ्यो

काठमाडौं, १५ जेठ । सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/ ०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भत्ता बढाएर ४ हजार पुर्याइएको बताए ।

बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ । यसअघि सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटले वृद्धभत्ता ३ हजार पुर्‍याएको थियो । त्यसअगाडि मासिक २ हजार रुपैयाँ भत्ता रहेको थियो ।

तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले शुरु गरेको वृद्धभत्तालाई एमालेले त्यसयता निरन्तर आफ्नो भोट राजनीतिका रुपमा उपयोग गरिरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here