विद्यार्थीलाई ल्यापटप किन्न सरकारले कर्जा दिने, एक थान सिमकार्ड नि:शुल्क

फाइलफोटो

काठमाडौं, १५ जेठ । सरकारले विद्यार्थीलाई ल्यापटप किन्न सरकारले कर्जा दिने घोषणा गरेको छ । सरकारले बजेटमार्फत एक थान ल्यापटप खरिद गर्न रु ८० हजारसम्म २ वर्षसम्मका लागि कर्जा दिने भएको हो।

सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यका ल्यापटप किन्न सरकारले कर्जा दिने भएकोछ।

यस्तो कर्जाको ब्याज एक प्रतिशतसम्म मात्र हुने अर्थमन्त्री विष्णु पौडेलले बताए। त्यसैगरी, १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्डसमेत नि:शुल्क उपलब्ध गराइनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here