४४७८ जना कोरोना संक्रमित थपिए, ६०८०जना संक्रमण मुक्त

काठमाडौं, १५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ४४७८ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४३११ र ७४६ एन्टिजेन विधिबाट १६७ गरि ४४७८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ । देशभर ६ हजार ८० जना संक्रमित निको भएका छन्।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । पछिल्ले २४ घण्टामा ११६ जनाको मृत्यु भएको छ ।

हालसम्म मृतकको संख्या ७ हजार १६३ पुगेको छ भने संक्रिय संक्रमितको संख्या १ लाख११ हजार ५०९ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here