काठमाडौं, १५ जेठ । सरकारले उद्योगबाट निर्यात विन्दुसम्म केबल कार बनाउन प्रोत्साहन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यातमुलक उद्योगलाई यस्तो सुविधाका लागि सहयोग गरिने बताए ।
सरकारले अग्र्यानिक प्रमाणिकरणका लागि चाहिने शुल्क छुट दिने भएको छ ।
स्वास्थ्य र वातावरणलाई हानी गर्ने वस्तुको आयात नियन्त्रण गरिने पनि उनले बताए ।
त्यसैगरी, नेपाल र भारत सिमानामा रहेका एकीकृत जाँच चौकीलाई रेलवेसँग जोडिने योजना छ भने रसुवाको टिमुरेमा निर्माणाधीन ड्राइ पोर्ट आगामी आर्थिक वर्षमा सम्पन्न हुने पनि पौडेलले बताए ।