काठमाडौं, १५ जेठ । सरकारले आयोडिनयुक्त नुन उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।
आयोडिनयुक्त नुनलाई सर्वसुलभ, सस्तो र गुणस्तरीय बनाउने भन्दै निजी क्षेत्रलाई पनि सहभागी गराउन लागेको अथृमन्त्री पौडेलले बताए ।
हालसम्म आयोडिनयुक्त नुन आपूर्ति र बिक्री वितरणमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मात्रै गर्दै आएको छ ।