कोरोनाबाट मृत्यु भएका सन्तानलाई छात्रवृत्ति, शैक्षिक च्यानल सञ्चालन गरिने

काठमाडौं, १५ जेठ । सरकारले शहीद, कोभिडबाट मृत्यु भएका, एचआईभीबाट मृत्यु भएका, गरिब छोराछोरीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।

आगामी दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याइने भन्दै मन्त्री पौडेलले नेपाल टेलिभिजनबाट शैक्षिक च्यानल सञ्चालन गरिने पनि बताए ।

चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

त्यस्तै सरकारले रसुवा, महोत्तरीलगायतका १३ जिल्लामा आवासीय विद्यालय सञ्चालन गर्ने बजेट भाषण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here