सरकारले १ लाख ६८ घरमा टीनको छाना लगाइदिने

काठमाडौं, १५ जेठ । सरकारले १ लाख ६८ हजार घरलाई फुसको छानाबाट जस्ता पातामा रुपान्तरण गर्ने योजना ल्याएको छ ।

त्यसै गरी ७३ जिल्लाका सिमान्तकृत तथा विपन्न वर्गका समुदायलाई जनता आवासअन्तर्गत घरको व्यवस्था गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत सरकारले विपन्न परिवारको संरक्षणको योजना घोषणा गरेको हो ।

त्यस्तै केही शहरहरुलाई मेगा सिटी बनाउने योजना पनि आगामी वर्षदेखि अघि बढाइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here