पत्रकारको निःशुल्क उपचार, सञ्चार गृहलाई सहुलियत कर्जा

काठमाडौं, १५ जेठ । सरकारले पत्रकारको उपचार निःशुल्क गरिदिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत सरकारले मुलुकभरका सरकारी अस्पतालहरुमा पत्रकारलाई निःशुल्क उपचार गरिदिने बताएको हो ।

त्यसका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिललगायतसँग मिलेर कार्य गरिने भएको छ ।
त्यसैगरी, सञ्चार गृहलाई पनि सहुलियत कर्जाको व्यवस्था गरिएको छ ।

कोरोनाभाइरस महामारीबाट प्रभावित पत्रकारलाई लेखनवृत्ति सुविधा ल्याइने पौडेलले बताए ।

तीलगंगास्थित सञ्चार ग्राममा सञ्चार संग्रहालय पनि स्थापना गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here