काठमाडौं, १५ जेठ । सरकारले कर्मचारीको तलब एकमुष्ठ रु. २ हजार बढाएको छ ।
कोरोनाभाइरस महामारीका कारण तलबमा उच्च वृद्धि गर्ने अवस्था नरहेकाले रु. २ हजार मात्र बढाउन सकिएको आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।
हरेक दुई वर्षमा कर्मचारीको तलबमा सापेक्षित वृद्धि गर्दै आएको सरकारले यसपालि त्यो परम्परा तोड्दै नगदमा तलब बढाउने घोषणा गरेको हो ।
त्यस्तै निजामती कर्मचारी १० लाखको दुर्घटना र १ लाखको सामुहिक बीमाको प्रिमियम सरकारले तिरिदिने भएको छ ।
त्यसका साथै बजेटले कर्मचारीका सन्तानको शिक्षामा पनि सहयोग गर्ने नीति लिएको छ ।