१६ खर्ब ४७ अर्बको बजेट, ५ खर्ब ५९ अर्बको स्रोत पुगेन

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ का लागि रु. १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ । त्यसमा ४१.२ प्रतिशत चालु खर्च, २२.७ प्रतिशत पुँजीगत खर्च र १२.६ प्रतिशत वित्तीय व्यवस्था गरिएको छ भने प्रदेश तथा स्थानीय तहहरुलाई दिने अनुदानको हिस्सा २३.५ प्रतिशत छ ।

आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् ।
चालु आवको बजेटको आकार रु. १४ खर्ब ७४ अर्ब ६४ करोड छ ।

बजेटको स्रोतमध्ये रु. १० खर्ब २४ अर्ब राजश्वबाट ब्यहोरिने भएको छ ।

त्यसैगरी रु. ६३ अर्ब वैदेशिक अनुदानबाट मिलाइने छ ।

अपुग हुने रु. ५ खर्ब ५९ अर्बमध्ये रु. ३ खर्ब ९ अर्ब वैदेशिक ऋण र रु. २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट ब्यहोरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here