यस्तो छ अध्यादेशमार्फत् ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८/ ७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

यो चालू आवकोभन्दा १ अर्ब ७३ करोड धेरै हो । चालू आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याइएको थियो ।

अध्यादेशमार्फत् प्रस्तुत बजेटमध्ये चालुतर्फ ६ खर्ब ७८ अर्ब र पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ भने वित्तीय व्यवस्थातर्फ २ खर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको छ ।

विनियोजित बजेटमध्ये चालु खर्च ४१.२ प्रतिशत, पुँजीगत खर्च २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १२.६ प्रतिशत बजेट विनियोजन भएको छ ।

प्रदेश तथा स्थानीय तहहरुलाई दिने अनुदानको हिस्सा २३.५ प्रतिशत छ । बजेटको स्रोतमध्ये रु. १० खर्ब २४ अर्ब राजश्वबाट ब्यहोरिने भएको छ ।

त्यसैगरी रु. ६३ अर्ब वैदेशिक अनुदानबाट मिलाइने छ ।

अपुग हुने रु. ५ खर्ब ५९ अर्बमध्ये रु. ३ खर्ब ९ अर्ब वैदेशिक ऋण र रु. २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट ब्यहोरिने छ ।

सरकारले आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । यस्तै, ६३ अर्ब ३७ करोड वैदेशिक अनुदान, ३ खर्ब ९ अर्ब विदेशी ऋण लिने र २ खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

हेर्नुहोस् बजेटको पूर्णपाठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here