विद्युतीय सवारी र इन्डक्सन चुल्होलगायत विद्युतीय उपकरणको अन्तशुल्क खारेज

काठमाडौं, १५ जेठ । सरकारले विद्युतीय सवारी साधनको आयातमा अन्तशुल्क खारेज गरेको छ । साथै यी सामग्रीको भन्सार महसुल समेत घटाएको जनाएको छ ।

इन्डक्सन चुल्होको भन्सार दर घटाएर १ प्रतिशत कायम गरेको छ भने त्यसमा लाग्दै आएको भन्सार दर पनि हटाएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

यसैगरी, रेफ्रिजेरेटर ग्राइन्डर, राइसकुकर, पङ्खालगायत विद्युतीय उपकरणको अन्तशुल्क खारेज र भन्सार महसुल पनि घटाएको उनले बताए ।

यसैबीच सरकारले कोभिडबाट प्रभावित पर्यटन क्षेत्रका होटेल, ट्रेकिङ क्षेत्रमा म यातायात, हवाइ क्षेत्र, चलचित्र तथा सञ्चार गृहको करयोग्य आयमा एक प्रतिशत मात्र कर लाग्ने व्यवस्था सरकारले गरेको छ । ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पु¥याइएको छ ।
कोभिड १९ को संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा खर्च कटौती गर्न पाइने व्यवस्था सरकारले गरेको छ ।

कोभिड १९ को उपचारसँग सम्बन्धीत स्वास्थ्य उपकरण तथा सामाग्रीमा भएको खर्च आयकर गणना प्रयोजनका लागि कट्टी गर्न पाइने सुविधा सरकारले दिएको छ ।

निवृतिभरण वापतको करयोग्य आयमा गणना गर्दा सरकारले थप २५ प्रतिशत रकम छुट दिने भएको छ ।
सरकारले आगामी वर्ष कारोबारका आधारमा करदातालाई आयकरमा छुट दिने घोषणा गरेको छ । जसमध्ये आर्थिक वर्ष २०७८\७८ मा कुल आयमा वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई ९० प्रतिशत ।

२० लाख देखि ५० लाख रुपैयाँसम्म कारोबार भएका करदातालाई ७५ प्रतिशत र ५० लाख देखि एक करोड रुपैयाँसम्म कारोबार भएका करदातालाई ५० प्रतिशतसम्म कर छुट सरकारले दिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here