‘यास’ चक्रवातको प्रभाव कायमै, कस्तो रहन्छ आगामी तीनदिनको मौसम ?

काठमाडौं,१६ जेठ । नेपालमा बंगालको खाडीबाट आएको ‘यास’ चक्रवातको प्रभावका कायमै रहेको छ । ‘यास’ चक्रवातको प्रभावले केही दिनयता नेपालको अधिकांश भागमा लगातार वर्षा भइरहेको छ ।

लगातार परेको वर्षाका कारण धेरै ठाउँको जनजीवन प्रभावित भएको छ । लगातार पानी पर्दा नदी खोलाहरुमा पानीको तह बढेको र बाढी समेत आएको छ । धेरै पानी परेका स्थानमा पहिरो र डुबानको खतरा बढेको छ ।

अझै सोमबारसम्म वर्षा निरन्तर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात कमजोर भई न्यून चापीय क्षेत्रको रूपमा रहे पनि त्यसको प्रभावका कारण आइतबारसम्म अधिकांश ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का र मध्यम पानी पर्नुका साथै हावाहुरी र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

चक्रवात पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको असरले प्रदेश १, प्रदेश-२, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो र राति केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

चक्रवातको असरले मंगलबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

ठाउँठाउँमा भारी वर्षापछि हिलोबाटो, हिलेभिरपाखा,अवरुद्ध यातायात र संचार, पहिरो, बाढी, जमिन कटान आदीबाट बच्न/बचाउन र आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

जेठ १६ गते आइतबार

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ वाग्मती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक दुई स्थानमा मेघगर्जन /चट्याङ्ग /हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का एक/ दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

जेठ १७ गते सोमबार

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेशका १ का एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ ।

जेठ १८ गते मंगलबार

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेशका ५ को एक/ दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति: देशका अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेशका ५ को एक/ दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here