आरएमडीसी लघुवित्तको शेयर ४७७ रुपैयाँमा किन्ने अवसर !

काठमाडौं, १६ जेठ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर लिलाम बिक्रीमा ल्याएको छ ।

आइतवारदेखि वित्तीय संस्थाको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक शेयर लिलामीमा आएको हो ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर जेठ ३१ गतेसम्मका लागि लिलामीमा आएको हो ।

यो शेयरको मूल्य प्रतिकित्ता रू.४७७ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

शेयर खरिद गर्न चाहनेहरुले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यो शेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताहरुले कम्पनीद्वारा जेठ १६ गतेपछि घोषणा हुने लाभांश तथा बोनस शेयर समेत प्राप्त गर्न सक्नेछन् । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here