एकैदिन तेहोरो कीर्तिमान बनाउँदा यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी

काठमाडौं, १६ जेठ । शेयर बजारले ऐतिहासिक तेहोरो रेकर्ड बनाएको छ । आइतबार एकैदिन सर्वाधिक उच्च विन्दु, सर्वाधिक कारोबार र सर्वाधिक कित्ता शेयर किनबेचको तेहोरो कीर्तिमान बनेको हो ।

नेप्सेले सर्वाधिक २८२७ विन्दु चुम्दै नयाँ कीर्तिमान बनाएको हो । नेप्सेले २८२५ विन्दु नाछेको यो इतिहासमै पहिलोपटक हो । यसअघि गत मंगलबार हालसम्मकै उच्च २८२३ विन्दु चुमेको थियो ।

यस्तै, आज एकैदिन १७ अर्ब २ करोडको कारोबार हुँदै नयाँ कीर्तिमान रचेको छ । एकैदिन यति धेरै कारोबार भएको इतिहासमै पहिलोपटक हो । यसअघि गत बिहीबार (जेठ १३ गते) १४ अर्ब ७६ करोडको सर्वाधिक कारोबार भएको छ ।

यस्तै, सूचक र कारोबार रकमा नयाँ रेकर्ड बनाएको दिन सर्वाधिक कित्ता कारोबारको पनि रेकर्ड बनेको छ । आज एकैदिन ४ करोड २६ लाख कित्ता सेयर किनबेच भएको छ । यो हालसम्मकै धेरै हो ।

त्यसदिन नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । नेशनल हाइड्रोपावर ४७ करोड ४० लाख ९० हजार २०१ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

कारोबारको दोस्रो नम्बरमा अरुण काबेलीको शेयर परेको छ । अरुण काबेलीको ४६ करोड ९२ लाख ६३ हजार ७९० रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

कारोबारको तेस्रो नम्बरमा युनाइटेड मोदी हाइड्रोपावरको शेयर परेको छ । त्यसदिन युनाइटेड मोदी हाइड्रोपावरको ४१ करोड ३१ लाख ४४ हजार ६७८ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

कारोबारको चौंथो नम्बरमा बुटवल पावर कम्पनीको शेयर परेको छ । त्यसदिन बुटवल पावरको ४१ करोड २८ लाख ५७ हजार १ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

पाँचौं नम्बरमा अपी पावर कम्पनीको शेयर परेको छ । त्यसदिन अपीको ४० करोड १३ लाख ४२ हजार ८९० रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here