एसईई परीक्षा एसईई वैकल्पिक विधिबाट गराउन बोर्डले माग्यो अनुमति

काठमाडौं, १६ जेठ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।

कोभिडको महामारी लम्बिँदै गएकाले राष्ट्रिय परीक्षा बोर्डले वैकल्पिक विधिबाट एसईई सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ।

यस वर्षको एसईई परीक्षा जेठ १३ गतेदेखि हुने कार्यतालिका थियो ।

कोरोना त्रासका कारण गत वैशाख २७ मा एसईई र कक्षा १२ को परीक्षा तत्काल नगर्ने निर्णय मन्त्रालयले गरेपछि ती कार्यक्रम अन्योलमा परेका छन्।

पूर्वनिर्धिारित तालिका लागु हुँदा यतिखेर एसईई चलिरहेको हुन्थ्यो। तर कोरोना महामारीले निम्त्याएको भयावह स्थिति र जारी निषेधाज्ञाका कारण परीक्षा स्थगित गरिएको थियो।

५ लाख १७ हजार विद्यार्थी एसईई परिक्षा दिने तयारीमा छन् । भौतिक उपस्थितिमा देशभरका २ हजार १९ केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने बोर्डले यसअघि निष्कर्ष निकालेपछि रोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here