काठमाडौं, १७ जेठ । १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति एचआइडीसीएलले जेठ २८ गतेका लागि बुक क्लोजको मिति तोकेको छ ।
जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २८ गतेका लागि बुक क्लोजको मिति तय गरेको हो ।
जेठ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा शेयर खरिद गरेका र त्यसको पाँच दिनसम्म राफसाफ भएर कायम रहेका शेयरधनीहरुले हकप्रद शेयर भर्न पाउनेछन् ।
एचआइडीसीएलले ११ अर्बको चुक्ता पुँजी रहेको कम्पनीले असार ५ गतेदेखि हकप्रद शेयर जारी गर्ने भनेको छ । नेपालको हकप्रद सेयर निष्काशनको इतिहासमा सबै भन्दा ठूलो हकप्रद शेयर निष्काशन हो ।