राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं, १७ जेठ । राधी विद्युत् कम्पनीले चुक्ता पूँजी वृद्धि गर्न १४७ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीले १ः१.४७ अनुपातमा हकप्रद जारी गर्न आगामी वार्षिक साधरण सभामा विशेष प्रस्ताव लैजाने भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको ३६.५ प्रतिशत बोनस वितरणपछि कायम हुने चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १४७ प्रतिशत हकप्रद जारी गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९३ करोड ३५ लाख ७६ हजार रुपैयाँ बराबरको ९३ लाख ३५ हजार ७६० कित्ता हकप्रद जारी गर्ने भएको हो ।

राधी अहिले नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा महँगो शेयर मूल्य हुने कम्पनी समेत हो । आइतबार यसको शेयर प्रतिकित्ता ११९९ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here