नयाँ पुनर्बीमा कम्पनीको लागि हिमालयन रि-इन्स्योरेन्स योग्य ठहर

काठमाडौं, १७ जेठ । हिमालयन रि इन्स्योरेन्सले नयाँ पुनर्बीमा कम्पनीले अनुमति पाएको छ । नियामक निकाय बीमा समितले हिमालयनलाई अनुमति दिएको स्रोतले जानकारी दिएको छ ।

नयाँ पुनर्बीमा कम्पनीको इजाजतका लागि ५ कम्पनीले आवेदन दिएकोमा समितिले तोकेको मापदण्डहरुमा सबै भन्दा धेरै अंक ल्याएर हिमालयन योग्य ठहर गर्दै समितिले अनुमति दिएको हो ।

लाइसेन्सका लागि हिमालयनसहित अन्नपूर्ण रि, काठमाडौं रि, प्रडेन्सियल रि, जेन्युन रिले समितिमा आवेदन दिएका थिए ।

हिमालयनको रि-इन्स्योरेन्सको चुक्ता पूँजी १० अर्ब हुने जनाइएको छ । जसमा कम्तीमा ३० देखि ४० प्रतिशत सर्वसाधरण र ६० देखि ७० प्रतिशत संस्थापकको शेयर हिस्सा रहने जनाइएको छ ।

कम्पनीको संस्थापकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, निर्वतमान अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, दुगड ग्रुपका विकास दुगड लगायत व्यापारीक घरानाको लगानी रहने छ ।

समितिले बैशाख १६ गते नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन आव्हान गरेको थियो