उच्च अंकले घट्यो नेप्से, १३ अर्ब ९० करोडको कारोबार

काठमाडौं, १७ जेठ । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजार उच्च अंकको गिरावट आएको छ ।

पछिल्लो समय लगातार उकालो लाग्दै आएको बजारमा आज दोहोरो अंकको करेक्शन आएको हो । आज शेयर बजार मापक सूचक नेप्से ४५.७ अंकले घटेर २७८२.८६ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २१८ कम्पनीको १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २९१ रुपैयाँ बराबरको ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये १२ वटा समूहको परिसूचकमा हरियालीे छाएको छ भने २ समूहको सूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३८०.८८ अंकले घटेको छ ।

आज राधी विद्युत् कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ९० करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा लुम्बिनी विकास बैंक ३९ करोड र एचआइडीसीएल ३२ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

उच्च अंकले घटेको बजारमा पनि आज २ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । राधी विद्युत् कम्पनी र सेन्टर फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।यस्तै, नारायणी विकास बैंकको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here