पातलो प्लाष्टिक झोला उत्पादन तथा बिक्री वितरण रोक्न मन्त्रालयको अपिल

काठमाडौं, १७ जेठ । वन तथा वातावरण मन्त्रालयले साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोगमा पूर्णप्रतिबन्ध लगाउने जनाएको छ ।

आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउन १ गतेदेखि पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने निर्णय गरेका थिए ।

सोमबार वन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।

‘४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला वा सिट उत्पादन गर्ने उद्योगले पुरानो मेसिनको पाटपूर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा हुने थप लगानी बराबरको रकम पुँजीगत अनुदान उपलब्ध गराइने व्यवस्थासमेत आव ०७८/७९ को बजेट वक्तव्यमा उल्लेख गरिएको हुँदा सोही बमोजिम गर्न गराउनुहुन सबैमा अनुरोध छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here