संसद् विघटन मुद्दामा वरिष्ठताको आधारमा न्यायाधीश सम्मिलित इजलास गठन हुने

काठमाडौं, १८ जेठ । संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा न्यायाधीश सम्मिलित इजलास गठन हुने भएको छ ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसँगको छलफलपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहमत भएका हुन् । जबराले केहीदिनभित्र न्याय परिषद् बैठक बसेर निर्णय गरिने बताए ।

प्रतिनिधि सभा विघटनको मुद्दा र संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको मुद्दा हेरिरहेको सर्वोच्चको संवैधानिक इजलासमा रहेका दुई जना न्यायाधीश माथि प्रश्न उठेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here