दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा ठूलो गिरावट

काठमाडौं, १८ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । साताको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से १२. ७१ अंकले घटेर २७७०.१२ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २१६ कम्पनीको ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर किनबेच भएका छन् ।

सोमबार २१८ कम्पनीको १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २९१ रुपैयाँ बराबरको ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता शेयर किनबेच भएको थियो ।

कारोबारमा आएका १३ वटै समूहमध्ये ३ समूहको परिसूचकमा हरियाली छाएको छ भने १० समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक समूह २१.४१ अंकले बढेको छ भने जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १७६.६७ अंकले घटेको छ ।

आज कारोबारमा आएका २१६ कम्पनीमध्ये जम्मा ६६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ५७ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा लुम्बिनी विकास बैंक ३० करोड र राधी विद्युत् कम्पनी २३ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा कालिका पावर कम्पनी र लुम्बिनी विकास बैंक रहेका छन् ।

त्यस्तै, आज दिव्याश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here