एनआईसी एशिया बैंकका खाता कनेक्ट आईपीएसमा अनलाइनबाटै भेरिफाइ गर्न सकिने

काठमाडौं, १८ जेठ । एनआईसी एशिया बैंकले आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै आफैँ भेरिफाइ गर्न सकिने सुविधा ल्याएको छ ।

यो सेवाको सुरुवातसँग अब खाता भेरिफाई गर्नका निम्ति बैंकको शाखापुग्नु पर्ने छैन र अनलाइबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सकिनेछ ।

अनलाइन सुविधासँगै बैंकका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाइ गर्न बैंकको शाखा पुग्नु नपर्ने र अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सकिने जनाइएको छ ।

अनलाइन सेल्फ भेरिफाइ गरिएका खाताहरुका लागि बैंकले प्रतिदिन दुई लाख तथा प्रतिमहिना १० लाख रुपैयाँसम्मको कारोबार सीमा प्रदान गरेको छ भने कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंकमा फर्म बुझाएर एकपटक भेरिफाइ गराउनुपर्ने जनाइएको छ । कनेक्ट आइपिएसमा हाल ५४ बैंक तथा वित्तिय संस्था सदस्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here