शिखर इन्स्योरेन्सको हकप्रद निष्काशन बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल

काठमाडौं, १८ जेठ । शिखर इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न एनआईविएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।

हाल शिखर इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । कम्पनी चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।

निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको कम्पनी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here