विवेकशील साझाका नेता उज्वल थापाको निधन

काठमाडौं, १८ जेठ । कोरोना संक्रमणको कारण विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ ।

काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारत ४४ वर्षीय थापाको मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो । उनि विवेकशील नेपाली दलका संस्थापक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here