थप ६०८५ जनामा संक्रमण, ६८९८ जना संक्रमण मुक्त

काठमाडौं, १८ जेठ । पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार ८९८ रहेको छ । कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । संक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here