उपत्यकाको निषेधाज्ञामा केही खुकुलो गर्ने तयारी, के खुल्छ, के खुल्दैन ?

फाइलफोटो

काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकाको निषेधाज्ञाको मोडालिटीमा केही परिवर्तन हुने भएको छ । कोरोना संक्रमण केही घटेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अब निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो।

जिल्ला प्रशासनले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी बिहान १० बजेसम्म खोल्न दिने गरी मोडालिटी बनाइरहेको जनाइएको छ ।

यस्तै, प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न दिने, ढुवानी सामग्री राती ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न दिने, बिहान १० बजेसम्म वर्कशप सञ्चालन गर्न दिइने जनाइएको छ ।

यस्तै, उद्योगहरुलाई कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न दिने, वैदेशिक रोजगारीमा जानेलाई पासपोर्ट तथा भिसाको आधारमा आवतजावत गर्न दिइने तयारी गरिएको छ ।

वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको अन्तिम पटक थपिएको म्याद जेठ २० गते सकिँदै छ । अब स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान १० बजेसम्म वर्कशप सञ्चालन गर्न पाइने छ ।

उद्योगले कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न सक्नेछन् । आवासीय प्रबन्ध मिलाएमा सञ्चालनका लागि प्रशासनले सहजिकरण गर्ने भएको हो ।

केही समय यता काठमाडौं उपत्यकामा कोरोना संक्रमण र मृत्यु दरमा केही कमी आएको छ । विज्ञहरुले कोरोना संक्रमण दर घटेपनि जोखिम भने यथावत रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here