सानिमा बैकको मोबाईल बैकिङ् एपमा अब रेमिट्यान्स सेवा पनि उपलब्ध

काठमाडौं, १९ जेठ । सानिमा बैकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाईल बैकिङ एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवापनि प्रदान गर्ने भएको छ ।

जस अन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरेको हो । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहक महानुभावहरुले आन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ्ग एपबाट पठाउन सक्नुहुनेछ ।

रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ् गएपमा रहेको ‘सेन्ड रेमिट्यान्स’ मार्फत् सोझै नगद वा बैकको खातामा जम्मा गर्न मिल्ने दुबै सुबिधामध्ये एक रोज्न सक्नु हुनेछ ।

यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । यसका साथै मोबाईल बैकिङ्ग एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामा संकलन वा प्राप्त गर्न सक्नु हुनेछ ।

ग्राहकहरुले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरु मार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नुहुनेछ । सानिमा बैकको रेमिट्यान्स सेवा सानिमा सजिलो ई बैकिङ्गको वेभ भर्सनमा पनि उपलब्ध छ ।

सानिमा बैकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टरर ९६ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here