कारोबारको एक घण्टा: नेप्से दोहोरो अंकले बढ्दा सर्वाधिक कारोबार गर्ने पुनर्बीमा

काठमाडौं, १९ जेठ । साताको कारोबारको चौथोदिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक घण्टा १२बजेसम्ममा १६.३० अंकले बढेको छ । यो सँगै परिसूचक २७८७.६६ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २०५ कम्पनीको ३६ लाख ७० हजार ३२७ कित्ता शेयर २३ हजार ६२१ पटक खरिद बिक्री हुदाँ २ अर्ब १७ करोड ४४ लाख ३२ हजार ७४९ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएको मध्ये सर्वाधिक कारोबार गनर्नेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । पुनर्बीमाको ४१ करोड ३६ लाख ३२ हजार ५१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here