शेयर बजारमा उछाल, नेप्से ५५ अंकले बढ्दा ११ अर्ब ३५ करोडको कारोबार

काठमाडौं, १९ जेठ । शेयर बजारमा उछाल आएका छ । साताको कारोबारको चौथोदिन नेप्से ५५.७६ अकले बढेर २८२७.१३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार २१४ कम्पनीको ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ५५६ रुपैयाँको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै साढे २ अर्बले बढेर सवा ११ अर्ब पुगेको छ ।

कारोबार भएका समूहमध्ये म्यूचुअल फण्ड बाहेक अन्य समूह बढेका छन् । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४७९.१३ अंकले बढेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ३७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा निर्धन उत्थान लघुवित्त ३३ करोड र सानिमा माइ हाइड्रोपावर ३२ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

आज दुई कम्पनीको शेयरमूल्यमा १० प्रतिशत बढेको छ भने अन्य ११ कम्पनीको मुल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । आज शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनी, सनिमा माई हाइड्रोपावर कम्पनी रहेका छन् ।

यस्तै, मञ्जुश्री, पोखरा, समृद्धि, जानकी गुह्येश्वरी, आइसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट, लुम्बिनी विकास बैंक, नेपाल पुनर्बीमा र युनियन हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत को हाराहारीमा बढेको छ ।

त्यस्तै, आज राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here