खुकुलो बनाइएको निषेधाज्ञामा यस्ता छन् नयाँ नियम

फाइलफोटो

काठमाडौं, १९ जेठ । आगामी जेठ ३१ गतेसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा थप गरिएको छ ।

बुधबार तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पछिल्ला दिनको कोरोना संक्रमणको समीक्षा गर्दै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

जिल्ला प्रशासनले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी बिहान ९ बजेसम्म खोल्न दिने गरी मोडालिटी तयार गरेको छ ।

उपत्यकाका तीन जिल्लामा सञ्चालित तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्यास तथा किराना पसल, डिमार्पमेण्टल स्टोर (ग्रोसरी मात्र), सवारी साधन मर्मतका लागि वर्कशपहरुको सामग्री किनबेचका पसलहरु खुला हुनेभएका छन् ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार भएको छलफलले उक्त निर्णय गरेको हो । एक साता निषेधाज्ञामा कडाई गरिएकोमा २१ गतेदेखि उक्त पसलहरु खुला गर्न पाईने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here