थप ५३१६ जनामा संक्रमण, ७२१९ जना संक्रमण मुक्त

काठमाडौं, १९ जेठ । पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ५२४ जना र एन्टीजेटमाफर्त ७९२ जनामा संक्रमण पुष्टी भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार २१९ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८० दशमलब ८ प्रतिशत रहेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ।

देशभर एक लाख १ हजार ९९३ जना संक्रमित रहेका छन्। जसमध्ये संस्थामा आइसोलेसन ६ हजार ८६२ जना र होम आइसोलेसनमा ९५ हजार १३१ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here