उपत्यकामा १४५६ जना कोरोना संक्रमित थपिए

फाइल फोटो

काठमाडौं, १९ जेठ । काठमाडौं उपत्यकामा १४५६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा

विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी १४५६ जनामा संक्रमण पुष्टि भएको हो।

थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ९६९ रहेका छन्। यस्तै, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here