चुरे क्षेत्रको ढुंगा, गिट्टी, बालुवा बेच्‍ने सरकारको निर्णयविरुद्ध प्रदर्शन

काठमाडौं, १९ जेठ । सरकारले चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा निर्यात गरी व्यापार घाटा पूर्ति गर्ने निर्णय गरेको भन्दै नेविसंघले विरोध गरेको छ ।

सिराहाको लाहनमा नेविसंघका नेता कार्यकर्ताले ‘हाम्रो माटो, हाम्रो देश, प्राणभन्दा प्यारो छ’, चुरे दोहन गर्न पाइँदैनलगायत लेखेको प्लेकार्ड लिएर प्रदर्शन गरेका हुन् । नेविसंघका पूर्वउपाध्यक्ष सञ्जय यादवको संयोजकत्वमा विरोध प्रदर्शन भएको हो ।

तराईलाई मरुभूमि बनाउन लागिएको भन्दै नेविसंघले सरकारको उक्त निर्णय राष्ट्रघाति भनेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि विज्ञप्ति जारी गरेर चुरे दोहोन रोक्न सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here