अपि पावरको हकप्रद बिक्री खुल्यो

काठमाडौं, २० जेठ । अपि पावर कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीले चुक्ता पुँजीको २९.३८ प्रतिशत अर्थात एक बराबर ०.२९३८ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको छ ।

अपिले हकप्रद शेयर बिक्रीका लागि वैशाख २९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख २८ गतेसम्म कायम रहेका शेयरधनीले मात्र यस हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

उक्त सेयरको निष्काशन आज(जेठ २० गते) देखि असार ९ गतेसम्म बिक्री खुला हुने छ ।

यससँगै योग्य शेयरधनीले आजेदेखि असार ९ गते बैंकिङ्ग समयभित्रमा आवेदन दिन सक्ने छन् । उनीहरूले मेरो शेयरको मार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै, मेरो शेयर यर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here