मनाङ र खोटाङबाहेक सबै जिल्लामा निषेधाज्ञा, कहाँ कहिलेसम्म ?

फाइलफोटो

काठमाडौं, २० जेठ । पछिल्लो समयमा संक्रमित र मृतक संख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

गृृह मन्त्रालयका अनुसार अहिलेसम्म ७७ मध्ये ७५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

देशभर पूर्ण र आंशिक गरी ७५ वटा जिल्लामा स्थानीय प्रशासनमार्फत निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ। तीमध्ये ७३ जिल्लामा जिल्लाभर र २ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले पहाडी क्षेत्रमा २०० सक्रिय संक्रमित तथा शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित पुगेमा निषाधाज्ञा गर्न सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएपछि निषेधाज्ञा लागु गर्ने जिल्लाको संख्या ७३ पुगेको गृह मन्त्रालयले जनाएको छ ।

मनाङ र खोटाङमा भने निषेधाज्ञा छैन। केही दिनयता कोरोना संक्रमितको थपिने दरमा न्यून रूपमा कमी आए पनि उल्लेख्य सुधार भने भएको छैन।

त्यसैले देशका विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञा खुलेको छैन। काठमाडौँ उपत्यकाभित्र निषेधाज्ञाको समय थप गरिएको छ। जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा गरिएको छ।

कुन जिल्लामा कहिले सम्म निषेधाज्ञा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here