उपत्यकाका अस्पताललाई दया फाउण्डेशनको चिकित्सा उपकरण सहयोग

काठमाडौं, २० जेठ । दया फाउण्डेशनले काठमाडौं उपत्यकाका विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई कोरोनाभाइरस महामारीको संक्रमणको उपचारमा आवश्यक विभिन्न चिकित्सा उपकरणहरु प्रदान गरेको छ ।

टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेशन सेण्टरलाई उपकरण सहयोग गरिएको उसको भनाइ छ ।

फाउण्डेशनले ६ थान हाई फ्लो नेशल क्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटर साथै १ हजार थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) प्रदान गरेको हो ।

संस्थाले सहयोग गरेका अस्पतालहरु निम्न आय वर्ग भएकाहरुको उपचारको लागी लक्षित भएको हुँदा यस सहयोगले विपन्न वर्गको कोभिड–१९ को उपचारमा टेवा पु¥याउने फाउण्डेशनका अध्यक्ष राजेश प्रधानले बताए ।

फाउण्डेशनले क्रिटिकल केयर नर्सिङ्ग संघ नेपाल र नेपाल क्रिटिकल केयर विकास फाउण्डेशनसँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङ्ग सम्बन्धी भर्चुअल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कोरोना उपचारका क्रममा आवश्यक विशेष सीप नर्सहरूलाई उपलब्ध गराउने उद्देश्यले गत जेठ ९ गते थालिएको प्रशिक्षण जेठ २१ गतेसम्म जारी रहने पनि उसले बताएका छन् ।

दया फाउण्डेशन समाजसेवी स्व. दयारामभक्त माथेमाको स्मृतिमा उनको परिवारले सन् २००९ मा स्थापना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here