दोहोरो अंकले बढेको शेयर बजारमा नयाँ कीर्तिमान

काठमाडौं, २० जेठ । शेयर बजारले ऐतिहासिक रेकर्ड ताडेको छ । साताको अन्तिमदिन नेप्सेले सर्वाधिक २८५६ विन्दु चुम्दै नयाँ कीर्तिमान बनाएको हो ।

नेप्सेले २८५६ विन्दु नाछेको यो इतिहासमै पहिलोपटक हो । यसअघि गत आइतबार हालसम्मकै उच्च २८२७ विन्दु चुमेको थियो ।

यसदिन नेप्से २९.६४ अकले बढेर २८५६.७७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहिबार २१८ कम्पनीको १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रुपैयाँ बराबरको ३ करोड ४६ लाख ९१ हजार ११२ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको परिसूचकमा हरियाली छाएको छ भने ४ समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै१४५.१६ अंकले बढेको छ भने निर्जीवन बीमा समूह ११२.६८ अंकले घटेको छ ।

आज कारोबारमा आएका २१८ कम्पनीमध्ये १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको मूल्यमा गिरावट आएको छ । ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब २ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा छिमेक लघुवित्त ६८ करोड र लुम्बिनी विकास बैंक ३५ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here