कागजातबिनै घरमै बसेर सिटिजन्स बैंकबाट २ लाखसम्म ऋण लिन पाइने

काठमाडौं, २० जेठ । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले घरमै बसीबसी २ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् । बैंकले एफ वान सफ्ट इन्टरनेशनल प्रालिसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरुको सुविधाका लागि ‘पेडे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ ।

बैंकको मुख्य कार्यालयमा आयोजित भर्चुअल कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कम्प्यूटरमा क्लिक गरी ‘पेडे लोन’ योजना सार्वजनिक गरेका हुन् ।

यस योजना अनुसार बैंकमा तलब खाता सञ्चालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम २ लाखसम्म ऋण पाउनेछन् ।

ग्राहकले मोबाइल बैकिङ्गबाट ‘पेडे लोन’ सुविधा सहजै प्राप्त गर्न सक्नेछन् भने कर्जाको लागि कुनै पनि निवेदन दिन र कानूनी कागजात गरी रहनु नपर्ने बैंकले जनाएको छ ।

ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न “पेडे लोन” सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ ।

बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो लोकप्रिय हुने विश्वास बैंकले लिएको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले “पेडे लोन” योजना सञ्चालनमा ल्याएको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।

सलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले हाल देशभरका १६८ वटा शाखा, १११ वटा एटीएम र १०९ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here