नेपालसहित १६ देशलाई कोरोनाको खोप दिने अमेरिकाको घोषणा

काठमाडौं, २१ जेठ । संयुक्त राज्य अमेरिकाले नेपाललाई कोरोना बिरुद्दको खोप उपलब्ध गराउने घोषणा गरेको छ।

अमेरिकाले नेपाल सहित एसियाका १६ मुलुकलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको हो।

अमेरिकाले नेपाललाई कोभिड १९ बिरुद्दको खोप उपलब्ध गराउने घोषणा गरेपनि कति परिमाण दिने भन्ने खुलाएको छैन। नेपालले प्राप्त गर्ने खोपको परिमाण भने केही सममै टुंगो लाग्ने जनाइएको छ।

नेपाल स्थित अमेरिकाको दुतावासले नेपाल सहित १६ देशलाई ७० लाख डोज कोरोना बिरुद्दको खोप दिने पुष्टि गरेको छ तर नेपाललाई कति परिमाण दिने भन्नेबारे केहि खुलाएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here