विश्वकप छनोट: नेपालले चाइनिज ताइपेईलाई हरायो

काठमाडौं, २१ जेठ । फिफा विश्वकप फुटबल छनोट प्रतियोगिता अन्तर्गत नेपालले गएराति भएको खेलमा चाइनिज ताइपेईलाई हराएको छ ।

कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २– ० गोलले हराएको हो । अन्जन विष्टले पेनाल्टीमा गरेको गोलबाट नेपालले तेस्रो मिनेटमै अग्रता लिएको थियो।

वैकल्पिक खेलाडी नवयुग श्रेष्ठले ८७ औं मिनेटमा अर्को गोल थप्दै नेपालका लागि तीन अंक पक्का गरे। जितसंगै ६ अंक जोडेको नेपाल चौथो स्थानमा यथावत् छ।

तर एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ । यस्तै चाइनिज ताइपेई अङ्कविहीन रहेको छ ।

नेपाल रहेको समूह ‘बी’ मा अष्ट्रेलिया ५ खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । नेपालले आउँदो सोमवार जोर्डनसँग र २८ गते अष्ट्रेलियासँग खेल्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here