विश्वकप छनौट: अर्जेन्टिना चिलीसँग बराबरीमा रोकियो

काठमाडौं, २१ जेठ । दक्षिण अमेरिकी क्षेत्रको विश्व कप छनौट अन्तर्गत अर्जेन्टिना चिलीसँग बराबरीमा रोकिएको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना र चिली १-१ गोलको बराबरीमा रोकिएका हुन् । खेलको २६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लियोनल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

तर ३६ औं मिनेटमा चिलीका एलेक्सिस सान्चेजले बराबरी गोल फर्काए।आजै सम्पन्न अन्य खेलमा उरुग्वे पराग्वेसँग गोलरहित बराबरीमा रोकिएको छ भने बोलिभियाले भेनेजुएलालाई ३- १ गोल अन्तरले पराजित गरेको छ ।

आजको खेलपछि अर्जेन्टिनाको विश्वकप छनौटमा ५ खेलमा ११ अंक रहेको छ भने अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यस्तै चिलीको भने ५ खेलमा ५ अंक भएको छ । त्यस्तै उरुग्वे र पराग्वेको ५-५ खेलमा ७-७ अंक भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here