कसरी लिने ग्यास र खाद्यान्नमा २० प्रतिशत छुट, कहाँ- कहाँ पाइन्छ ?

काठमाडौं, २१ जेठ । साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ग्यास तथा खाद्यान्नको मूल्यमा २० प्रतिशतले छुट दिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशतसम्म छुटको घोषणा शुक्रबारबाट लागू भएको हो ।

काठमाडौँ उपत्यकाको हकमा थापाथली, रामशाहपथस्थित बिक्री कक्ष, ललितपुर जिल्लाको नख्खु गोदाम र भक्तपुर जिल्लाको सूर्यविनायकमा रहेको बिक्री कक्षबाट उक्त सुविधा पाइनेछ ।

त्यस्तै अन्य जिल्लाको हकमा भने कम्पनीका कार्यालय तथा बिक्री कक्षहरू रहेको स्थानबाट बिक्री तिवरण गर्ने कम्पनीले जनाएको छ ।

उपभोक्ताले छुट सुविधाको खाद्य वस्तु खरिद गर्दा सम्पर्क नम्बरसहित पहिचान खुल्ने कुनै कागजात उपलब्ध गराउनु पर्नेछ ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि निषेधाज्ञा अवधिभरका लागि चामल (अरुवा मोटा चामल, अरुवा मकवानपुर, अरुवा सोना मसिनो, स्टिम सोना मसिनो, अरुवा मध्यम, स्टिम रन्जित, स्टिम जिरा मसिनो चामल) र कर्णालीको सिमीमा साविक कायम बिक्री मूल्यमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ ।

छुट सुविधामा प्राप्त हुने चामल प्याकिङको व्यवस्था गर्नुपरेमा अधिकतम ३० केजी र कर्णालीको सिमी बढीमा २ केजी मात्र प्रति परिवारका दरले उपलब्ध हुनेछ ।

कम्पनीसँग मौज्दातमा रहेको विभिन्न प्रकारका खाद्य सामग्रीहरु चामल, पिठो, दाल, नुन, दाने तेल, चिनीलगायत खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

पिठो २ केजी किन्दा प्रतिकेजी ४४ रूपैयाँ, चिनी २ केजी किन्दा प्रतिकेजी ६३ रूपैयाँ २० पैसा, नुन २ केजी किन्दा प्रतिकेजी १६ रूपैयाँ र भटमासको तेल प्रतिलिटर १८८ रूपैयाँमा पाइने छ ।

साल्ट ट्रेडिङले बेच्ने खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १ हजार १२० रूपैयाँमा पाइने भएको छ । साल्ट ट्रेडिङ अनुसारको साल्ट ट्रेडिङले वितरण गर्ने छुट ग्यास सम्बन्धित डिपोहरुबाट मात्र खरिद गर्न पाइने छ । यो सुविधा निषेधाज्ञा जारी गरेको अवधिभर कायम रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here