मेलम्ची खानेपानी चुहावट नियन्त्रण गर्न १३ करोड निकासा गर्ने

काठमाडौं, २१ जेठ । सरकारले मेलम्ची आयोजनाको खानेपानीको वितरणमा भएको चुहावट नियन्त्रणको लागि १३ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ ।

शुक्रबार मन्त्रिपरिषदको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक राष्ट्रिय दिवस मनाउने निर्णय पनि गरेको उनले जानकारी दिए ।

अर्थमन्त्रालयको प्रस्तावमा नेपाल स्वास्थ्य व्यवस्थापन सुधार आयोजनाका लागि विश्व बैंकप्राप्त हुने ५० मिलियन अमेरिकन डलर सहुलियत प्रदानका लागि ६ सदस्यीय टोली गठनगरेको उनले बताए ।

चीनबाट प्राप्त हुने तीन हजार ५०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर स्वीकार गर्ने निर्णय गरेको उनले बताए । त्यस्तै, सरकारले प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here