नारायणी विकास बैंकलाई शतप्रतिशत हकप्रद जारी गर्न अनुमति

काठमाडौं, २१ जेठ । नेपाल राष्ट्र बैंकले नारायणी विकास बैंकको हकप्रद परिमार्जन गरिदिएको छ । २०० प्रतिशत हकप्रद जारी गर्न अनुमति मागेको नारायणीलाई राष्ट्र बैंकले १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा मात्रै हकप्रद गर्न अनुमति दिएको छ ।

यसै वर्ष मात्र संकटग्रस्त मुक्त भएको नारायणीको वित्तीय अवस्था कमजोर रहेको छ ।

बैंकले यसअघि नै १०० प्रतिशत हकप्रद जारी गरिसकेको छ भने पुनः २०० प्रतिशत जारी गर्न अनुमति मागेको थियो । तर, राष्ट्र बैंकले १०० प्रतिशत मात्र हकप्रद जारी गर्न स्वीकृति दिएको हो ।

हाल १३ करोड १२ लाख ३४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैैंकको १ः१ अनुपातमा हकप्रद जारी पछि चुक्ता पूँजी २६ करोड २४ लाख ६८ हजार पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here