थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टी, ८६६३ जना संक्रमणमुक्त

काठमाडौं, २१ जेठ । पछिल्लो २४ घण्टामा देशभर ६६५३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १८२ जनाको पिसिआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार ६२४ जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । पछिल्लो २४ घण्टामा ८६६३ जना कोरोना मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ४ लाख ७६ हजार १३० जना पुगेको छ । भने देशभर संक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here